असल मान्छे बन्ने तरिका
  • SNN Nepal

  • प्रसङ्ग झण्डै पौने दुई सय वर्ष अघिको हो । अब्राहम लिङ्कनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी अमेरिकाको सोह्रौँ राष्ट्रपति हुन् । सन् १८०९ मा गरिव परिवारमा जन्मेका लिङ्कन सन् १८६१ देखि १८६५ सम्म अमेरिकाको राष्टपति भएका थिए । उनले राष्ट्रपति भएपछि रक्षामन्त्रीमा आफ्ना कट्टर बिरोधी व्यक्तिलाई नियुक्त गरेका थिए, जसलाई उनका एक हितैषी मित्रले पचाउन सकेनन् र सम्झाउँदै भने–

    ‘के गर्दै हुनुहुन्छ यो रु यी व्यक्ति कस्ता हुन् भन्ने थाहा छैन रु आफ्नै बिरोधी व्यक्तिलाई टिममा राखेर कसरी काम गर्नुहुन्छ रु’

    मित्रको कुरा सुनेर लिङ्कनले तत्कालै कुनै प्रतिक्रिया दिएनन् । एक छिन मौन रहेपछि मुस्कुराउँदै भने–

    ‘ठीक भन्नुभयो तपाईँले उनी मेरा बिरोधी हुन् तर उनीभन्दा नजिकको हितैषी अर्को देखिन र उनैलाई रक्षामन्त्री बनाएको हुँ ।’

    उनका कुरा मित्रले के कति बुझे कुन्नि तर लिङ्कनले भने विरोधमा छिपेको शक्ति राम्रै बुझेका थिए ।

    संसारमा प्रायः बुझाइ के देखिन्छ भने विरोधी भनेका शत्रु हुन्, जो हमेशा उन्नति र प्रगतिमा बाधक बन्छ तर वास्तविकता त्यस्तो छैन । अलिकति गहिरिएर विचार गर्ने हो भने अवस्था त्यसको ठीक उल्टो फेला पर्छ । जसले विरोधी वा विरोधको सामना गर्ने हिम्मत गर्छ उसैले जीवनमा उन्नति र प्रगति गरेको हुन्छ गर्न सकेको हुन्छ । प्रगतिका लागि ठक्कर खान पनि सक्नुपर्छ, टक्कर सहन पनि सक्नुपर्छ । लडिन्छ कि भनेर डराउने हो भने एकै पाइलो पनि सार्न सकिन्न तर जोखिम सामना गर्ने आँट गर्नेहरू सजिलै समुद्रमा कुद्ने र आकाशमा उड्ने काम गरिरहेका हुन्छन् ।

    हामीलाई थाहा छ मूर्ति बन्ने भनेको ढुङ्गाबाट हो तर यसको अर्थ सबै ढुङ्गा मूर्ति बन्छन्, बन्न सक्छन् भन्ने होइन । त्यही ढुङ्गा मूर्ति बन्छ, जसले छिनोको चोट र हम्मरको ठक्कर खाने हिम्मत गरेको हुन्छ । जुन ढुङ्गाले चोट र ठक्कर खाने हिम्मत ग¥यो ऊ सुन्दर मूर्ति बनेर देवताको पंक्तिमा उभिन पुग्यो जसले गरेन, गर्न सकेन ऊ जहाँको तहीँ रह्यो । चाहे सुन, चाँदी, फलाम आदिको कुरा गरौँ चाहे ढुङ्गा, माटो, काठ आदिको यदि मूर्ति बन्ने इच्छा गर्ने हो भने चोट र ठक्कर खाने हिम्मत गर्नैपर्छ ।

    मुरलीको अवस्था पनि त्यस्तै हो । मुरली बाँसबाट बन्छ तर सबै बाँसले मुरली बन्ने अवसर भने पाएका हुँदैनन् । यसका लागि उसले सर्वप्रथम काटिने र ताछिने हिम्मत जुटाउनुपर्छ । त्यतिले मात्र पनि पुग्दैन । शरीरका विभिन्न ठाउँमा झिरले पार्ने प्वाललाई सहनसमेत परेको हुन्छ । जुन बाँसले यस्ता तमाम कष्ट झेलेको हुन्छ ऊ मात्र मुरली बनेर दुनियाँको हाइहाइ बन्न पुग्छ । होइन जहाँ थियो त्यही रहन्छ । जहाँबाट उठेको थियो त्यहीँ बिलाउँ छ ।

    भाइबहिनीहरूले नदी, नाला, खोलाहरू देखेकै होलाऊ । उनीहरू रात दिन नभनी निरन्तर किन बगिरहेका होलान् थाहा छ रु किनकि उनीहरूलाई आफ्नै मूल घर समुद्रसम्म पुग्नु छ । त्यसैले बगेका हुन्, कुदेका हुन् तर चानचुने सङ्घर्षले त्यहाँसम्म पुग्न भने सक्दैनन् । यसका लागि सर्वप्रथम रातदिन नभनी निरन्तर हिँडिरहनुपर्छ । दोस्रो कुरा बाटामा अनेक खाले झमेला आइलाग्छन् त्यसलाई समेत झेल्नुपर्ने हुन्छ । दुनियाँले फालेका फोहर मैला बोक्नु पनि परेकै हुन्छ, कतिले नहर वा कुलो बनाएर खेतबारीमा पु७थभलसयाका हुन्छन् त्यसलाई पचाउन पनि परेकै हुन्छ । जसले यी तमाम सङ्कट सहेर बग्ने आँट गरेका हुन्छन् उनीहरूले मात्र समुद्रसम्म पुग्ने अवसर पाएका हुन्छन् । बाँकी बीचैमा सुकेर कता हराउँछन् पत्तै हुँदैन ।

    फलफूल, रुखबिरुवा वा वनस्पतिको अवस्था पनि त्यस्तै हो । उनीहरूको उद्देश्य फलफूल अक्सिजन आदि दिएर हाम्रो सेवा गर्नु हो तर यसका लागि भने उनीहरूले पनि निकै कठिनाइको सामना गर्नुपर्ने हुन्छ, गर्नुपरेको हुन्छ । कतिलाई गाई, भैँसी, बाख्रा आदिले सानैमा लुछिदिन सक्छन् । कतिलाई मानिसकै हातको शिकार बन्नुपरेको हुन सक्छ । कतिले घाँस दाउरा बन्नु पर्ला । कतिले कसैको झ्याल, ढोका बनिदिनु पर्ला । जो यी तमाम समस्या झेलेर खडा हुन्छन्, हुन सकेका हुन्छन् उनीहरूले मात्र आफ्नो उद्देश्य पूरा गर्न सक्छन् ।

    नवाजात शिशु कति नाजकु हुन्छन् सबैलाई थाहा छ । जता सुतायो त्यतै सुत्नुपर्छ, जे खुवायो त्यही खानुपर्छ । कोल्टे फर्कन समेत अरुको सहयोग चाहिन्छ तर तिनै बालक पछि गएर ठूलो मानिस बन्न सक्छन्, बनिरहेका हुन्छन् । हामीलाई लाग्न सक्छ यो त्यत्तिकै भएको हो तर कुरो त्यसो होइन । यसका लागि उसले निकै सङ्घर्ष गर्नुपरेको हुन्छ । सकिनसकी बामे सर्नु पर्ला, घिस्रिनु पर्ला, उभिन खोज्दा कति पटक लड्यो होला, कयौँ घाउचोट लागे होला । के बामे सर्न खोज्दा कमलो छाला कोरिएला, उभिन खोज्दा लडिएला, घाउचोट लाग्ला भनेर डराएको भए यहाँसम्म पुग्थ्यो होला रु उत्तर हो पक्कै थिएन ।

    यी केही उदाहरण हुन् । अघि बढ्न चाहने सबैको अवस्था अन्ततः यस्तै हो । जसले सङ्कट सामना गर्ने आँट र बाधा बिरोध झेल्ने हिम्मत गर्छ उसैले प्रगति गर्छ । जो यसबाट डराउँछ उसले केही पनि गर्न सक्दैन, जहाँको तहीँ रहन्छ । व्यक्ति आफैँ राम्रो नराम्रो भन्ने हुँदैन । कसैले अनुहार हेरेर प्रशंसा गर्ने पनि होइनन् ।

    लिङ्कन यसैका उदाहरण हुन् । उनी काला जातिका थिए । उनका समयमा अमेरिकामा काला जातिलाई दासको जस्तो व्यवहार गरिन्थ्यो । कति त दासकै अवस्थामा थिए त्यतिबेलासम्म पनि । उनले नै दास प्रथा उन्मूलन गरेका हुन् त्यहाँको । एक त गरिव परिवारमा जन्मेका त्यसमाथि काला जाति अनुहार हेरेर मन पराएका होलान् भन्ने कल्पनासम्म गर्न सकिन्न । तैपनि उनी सबैका हाइहाइ हुन पुगे । कारण उनको त्यही ठक्कर र टक्कर झेल्ने हिम्मत नै हो । उनी कसैले बिरोध गर्छ कि भनेर डराउँदैन थिए बरु त्यसैबाट शिक्षा लिएर आफ्ना काम कारवाहीलाई सुधार्थे, जसले गर्दा दुनियाँका अघि यति बढी असल मानिसको परिचय दिन सफल भए कि अहिलेसम्म पनि राम्रो मानिसको उदाहरण दिनुपर्दा उनकै नाम लिने गरिएको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images