खैरो हेरोइनसहित २ जना पक्राउ
  • SNN Nepal

  • काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेमदत्त भट्ट र बेतकोट नगरपालिका घर भएका ३२ वर्षीय केशव खत्री छन् ।

    म २ प ७१०० नम्बरको स्कुटर सवार उनीहरुको साथबाट १४ ग्राम ६९ मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आरोपीबारे इलाका प्रहरी कार्यालय दोधाराले अनुसन्धान गरिरहेको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images