टीकापुर अस्पतालमा थप पाँच संक्रमितको मृत्यु
  • SNN Nepal

  • कैलाली । पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर–१ का ६० वर्षीय पुरुष, टीकापुर–२ का ५० वर्षीय पुरुष, कैलाली जानकी–२ का ५४ वर्षीय पुरुष, टीकापुर–१ का ५१ वर्षीय पुरुष र टीकापुर–१ का ६४ वर्षीय पुरुष रहेको टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए । टीकापुर अस्पतालमा १३ जना कोभिड–१९ एचडीयूमा भर्ना छन् भने ३५ जना शंकास्पद कोरोना संक्रमित डाक्टरको निगरानीमा रहेको उनले बताए ।

    संक्रमित बढेसँगै टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । ‘अहिलेसम्म जसोतसो गरी काम चलाइरहेका थियौँ, अब त अक्सिजन नै सिद्धिन लाग्यो,’ भट्टले भने । अक्सिजन सकिन लाग्दा नेपालगञ्जबाट मगाउने गरेको भएपनि ढिलासुस्तीका कारण समयमा अक्सिजन आउन नसकेको उनको भनाइ छ ।

     

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images