विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र
  • SNN Nepal

  • बुटबल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै विपक्षी दलले आज प्रदेश प्रमुखको कार्यालयमा पत्र पेश गरेका छन ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुखको कार्यालयका सचिबलाई विशेष अधिवेशनको माग सहितको पत्र बुझाएको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले जानकारी दिए ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे लगत्तै ४ दलका सांसदले प्रदेश प्रमुखको कार्यालयमा पुगेर विशेष अधिवेशनको माग राखेको उनले बताए ।

    ‘दर्ता नं। १३३ मा हामीले विशेष अधिवेशनको मागसहित पत्र दर्ता गरेका छौँ’, उनले भने, ‘पहिले प्रदेश प्रमुखलाई भेट्न अनुरोध गरेका थियौँ, उँहाले कोभिडको कारण देखाउँदै भेट्न मान्नुभएन । त्यसपछि प्रदेश प्रमुखको कार्यालयका सचिबलाई भेटेर विशेष अधिवेनशको माग राख्दै पत्र बुझाएका छौँ ।’

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images