कपिलवस्तु अस्पताललाई मायादेवी गाउँपालिकाको २ लाख सहयोग
  • SNN Nepal

  • कपिलवस्तु अस्पताललाई मायादेवीको २ लाख सहयोग

    कपिलवस्तु ।  मायादेवी गाउँपालिकाले कपिलवस्तु अस्पताललाई २ लाख सहयोग गरेको छ । कपिलवस्तु अस्पतालमा कोभिड १९ संक्रमित विरामीहरुलाई उपचारमा अभाव हुना नदिनाको लागि गाउँपालिकाले २ लाख सहयोग गरेको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताउनु भएको छ ।

    उनले भने कपिलवस्तु अस्पातलले जिल्ला कै संक्रमितहरुको उपचार गरिरहेको र अस्पतालमा आर्थिक आभावको कारण उपचारमा समस्य भईरहेकोले गाउँपालिकाले तत्काल २ लाखको दिएको बताउनु भएको छ ।

    २ लाखको चेक अस्पतालका प्रमुख बिशोर बन्जाडेलाई हस्तान्तरण गर्रिएको अध्यक्ष कुर्मीले बताउनु भएको छ । २ लाखको चेक बुभ्ःदै अस्पताल प्रमुख बन्जाडेले मायादेवी गाउँपालिकाले सहयोग गरेकोमा धन्यावाद दिदै अगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको समेत बताउनु भएको छ ।

    कपिलवस्तुको विभिन्न संघसंस्था तथा व्याक्तिहरुको सहयोग अहिले आईरहेको बन्जाडेले बताउनु भएको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images