काठमाडौँ महानगरपालिकाद्वारा कक्षा ८ को परीक्षा स्थगित
  • SNN Nepal

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा तत्कालको लागि स्थगित गरेको छ ।

    महानगरले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कक्षा ८ को परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको हो ।

    यसअघि महानगरले जेठ ३ गतेदेखि कक्षा ८ को परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो ।

    बढ्दो कोभिड १९ को संक्रमणका र जारी निषेधाज्ञाका कारण असहज परिस्थिति सिर्जना भएकाले परीक्षा स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ विज्ञप्ति

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images