यात्रुसँग बढी भाडा लिने चारजना पक्राउ
  • SNN Nepal

  • काठमाडौँ । यात्रुसँग बढी भाडा लिने यातायातका चार कर्मचारीलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

    ट्राफिक प्रहरीले काठमाडौँको ढुङ्गेधाराबाट बझाङका २४ वर्षीय योगेन्द्र बोहोरा र ३० वर्षका आकाश विष्ट तथा नयाँ बसपार्कबाट मकवानपुर घर भइ बालाजु बस्ने ३२ वर्षीय अमृत विष्ट र गोर्खा घर भई मित्रनगर बस्ने वर्ष ४५ का सोमबहादुर गुरुङ्गलाई पक्राउ गरेको हो ।

    उनीहरुले ना ८ख८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत धनगढी जाने यात्रुसँग प्रतिव्यक्ति चार हजारदेखि चार हजार ५०० सम्म भाडा लएको पाइएको महाशाखाले जनाएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाएको छ ।

    यसअघि बढी भाडा लिने १७ जनालाई महाशाखाले पक्राउ गरी कारवाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइसकेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए । अहिले प्रहरीले आफैँ यात्रु बनेर जाने, सादा पोशाकमा निगरानी गर्ने र विशेष सुराकी परिचालन गरेर यातायात क्षेत्रको अनुगमन गरिरहेको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images