पछि हट्यो माधव समुह: सांसदको साथ भएन
  • SNN Nepal

  • काठमाडौँ । सामुहिक राजीनामा दिने धम्की दिएको एमाले नेता माधव नेपाल समुहले भाका सारेको छ ।

    आज बसेको आफू निकट सांसदहरुको बैठकमा अधिकांश सांसदले राजीनामा नदिने अडान राखेपछि नेपाल समुहले बैशाख २७ गते सोमवार बिहान ९ बजेसम्म आफूहरुको माग सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिने भन्दै भाका सारेको हो । जसरी पनि एमालेलाई कमजोर पार्ने योजनामा रहनुभएका नेता नेपाललाई सांसदहरुले राजीनामा नदिने अडान राखेपछि केही लचिलो बनेको भन्दै पछि हटनु परेको छ ।

    माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको हो । सो समयसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय सो समुहले गरेको छ । २७ गते ९ बजेसम्म अध्यक्ष ओलीले माग सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर कठोर निर्णय लिइने सांसद भेलापछि नेता योगेश भट्टराईले बताउनुभयो ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images