काठमाडौँ उपत्यकामा मात्रै थपिए ३६ सय ७ कोरोना संक्रमित
  • SNN Nepal

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३६ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २७ सय ७५, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जनामा गरी कुल ३६ सय ७ जना थपिएको जानकारी दिएका हुन् ।

    यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ४१ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images