टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
  • SNN Nepal

  • भक्तपुर । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।

    आइतबार राति अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु २ ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वागमती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक भक्तपुर सूर्यविनायक नगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको हो ।

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका सुवालको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images