मेरो जबरजस्त उम्मेदवारी
  • सिता डोटेल

  • सिता डोटेल
    पाल्पा- नेपाल पत्रकार महासंघ पाल्पाको कार्यसमितिमा इतिहासमै प्रेस युनियनबाट कहिल्यै युनियनकर्मी पत्रकार महिला पुगेका छैनन् । पुग्ने अबसर नै पाएनन् । यसअघिका अधिबेसन सर्वसहमति भनेर निर्माण गरिने युनियनका लिष्टमा महिला अटाएनन् । कोटा भनिने पुरुषको लाइनले महासंघ समितिमा रहेर काम गर्ने मौका नपाएका यसपटक लोकतान्त्रिक पद्धतिबाट प्रत्यक्ष चुनाबमा जादा प्रतिनिधित्वका लागि भिड्न तत्पर भए । तर दुर्भाग्य उहीँ पितृसत्तात्मक सोच भएका पुरुष पत्रकार लाइनमा भए। हुन त यस अघिबाटै यस्तै चलिआएको छ। जिल्ला समितिमा मात्र होइन यस अघिका महाधिवेशनमा प्रतिनिधि चयनमा पनि महिला सधैं छोडिए । हत्तपत्त कसरी बिउझिउन् र सम्झिउन्? सहमतिमा/ कोटामा कहिल्यै नपर्ने अब त निर्वाचनमा जादा श्रमजीवी नै अटाउनुपर्छ, देशकै पुरानो पार्टीको शुभेच्छुक सस्था रहदा अब त निर्वाचनमा जादा समानता कुरा जोडिएला भन्ने लागेको थियो तर यो सोच्नु गलत रहेछ । जिल्लाको हकमा यो पुरानै ठर्राको पर्यो। जिल्लामा नेपाल प्रेस युनियनले महासंघका ६ कोटा पाउदै गर्दा हामी क्रियाशिल महिलाको माग ५ पुरुष भएर पनि एक पत्रकार महिलाले पाउ । १२/१५ बर्षदेखि सस्थामा रहेपनि महासंघको सदस्यता लिएको दशक भएपनि पत्रकार महिला प्रेस युनियन पाल्पाको हकमा सस्था र नेतृत्व गर्ने पुरुषको हावा छेक्ने अस्त्र मात्र नबनाइयोस् भन्ने हो ।
    देशैभर अहिलेको परिणामबाट प्रेस युनियन उर्लिएको छ । तथापि पाल्पा महासंघमा झण्डै आधा दर्जन सदस्य हुने प्रेस संगठनको नेतृत्वमा महासंघ बिजयी भएको छ । पाल्पा काङ्ग्रेस वा जिल्लाको नेतृत्वले चाहेको भए पाल्पा पत्रकार महासंघ युनियनको नेतृत्वमा पहिलोपटक ईतिहास रचिने थियो । तर युनियन नै चाहेन । यद्यपि अहिले बिजयी हुनुहुने रेखिराम राना जि अब्बल, सक्षम र शालिन हुनुहुन्छ । भारी मतको अन्तरले उहाँले छुट्टै ईतिहास कोर्न सफल हुनुभयो । छैठौ जिल्ला सभापतिमा निर्वाचित हुँदै गर्दा पहिलो पटक जनजातिको छोरो महासंघको नेतृत्व गर्दैछ । ( यस अघि संयोग र सक्रियताले ब्राह्मण समुदायको अग्रजहरुले महासंघ हाक्नु भएको ) जातियताको कुरा होइन ईतिहास रच्ने सन्दर्भ हो । यही ईतिहास पहिलो निर्वाचनले रच्दै गर्दा महिलाले स्थान पाउन् र युनियनमा पनि एउटा ईतिहास स्थापित हुने थियो । के था? यहाँ पत्रकार दाइ भाइहरुको सोच उहीँ परम्पराबादी हुन्छ भन्ने ।
    नेपाल पत्रकार महासंघमा महिला सदस्य पद अझ पनि खाली छ । महिला भएकाले सदस्यमा नोमिनेशन गर्दै गर्दा यता पद खाली हुनु उता नोमिनेशनमा मात्र एक्लो महिलाको नोमिनेशन पर्दा बहसमा नल्याइनु युनियनले महिला हराउने रणनिती बुन्यो । जति ताल खेल्दै जान्छ उति मलाई हौसला बढ्दै गयो । दाइहरुको लाइनलाई हेरेर दशक छोड्दै गर्दा अब संभावना भएर पनि आफ्नै सस्थाले लत्याएको हुत्याएको प्रत्यक्ष भान हुदा अझ आट शाहस थपिदै गयो । नोमिनेशनमा जानै नदिने चलखेल भो आफ्नै युनियनबाट । जब नोमिनेशन भो दबाब पनि शुरु भो । अन्य संगठनका महिलाले पनि चुनौती लिगेर गरेको समर्थन लिएर नोमिनेशन गरे ।
    यी केटीले के गर्छन् र भन्ने सोचका विरुद्ध थियो मेरो उम्मेद्बारी । पुरुष माननीय देखि पुरुष वडा सदस्य समेत, जिल्ला सभापती देखि नगर र वडाका नेताको दवाव आयो । तर म यस कुरामा ढुक्क थिए लोकतन्त्रमा निर्वाचन कसैको बार हुनु हुन्न । धेरै सोच पछि चुनौती झेल्दै २२ गते ४ बज्न १० मिनेट हुँदा नोमिनेशन गरेर ६८ किलोमिटर पुर्व आउनु, श्रमजिबिलाई काम र पेशाको प्रतिको धर्म सम्झेर २३ गते रामपुर १ गाडाकोट कार्यक्रममा जानु, २४ गते रामपुरदेखी जिल्लाको यात्रा यी बिचमा उम्मेद्बारी थुत्न तारन्तारको दवाबको फोन । बहस गरु कि? मत मागु? यी फोनमा अरुले उम्मेदवारी फिर्ता लिएका उदाहरण पनि सुनाइए । युनियन र पार्टीले गरेका र गर्ने कारवाहीका कथा पनि छोटकरी थिएन । तर म कर्म प्रति र दाइ पत्रकारहरुलाई मौका छोडिदिएको बिगत सम्झे । थाहा पनि पाए । कसै संग लौन भन्दै हात खुट्टा नजोडिएपछि कोटामा नपरिने यथार्थ देख्दा अब त मागेर मात्र होइन परे लडेर लिनुपर्छ भन्ने कठोर मनस्थितिमा पुरिसकेको थिए म।
    चैत २५ को निर्वाचन । मत माग्न फोन नम्बर हान्यो फेरि फोन आउँछ थुत्नैको लागि । “२ लाइन यस्सो लेखेर हस्ताक्षर गरि पठाउ” भन्ने फोनले सदरमुकाम देखि टाढा गाउमा रहेर महिलाले गर्नुपर्ने दशक बढीको संघर्ष सम्झाउथ्यो । ९९ जना महासंघका सदस्य मध्य आधाआधी संग बाहेक दवाबकै फोनले गर्दा अरु संग मत माग्ने समय पनि मिलेन । म कोही विरुद्ध मैदानमा उत्रिएको थिइन मात्र महिला पत्रकार साथी र मेरो पत्रकारिता यात्रालाई बुझेका साथीहरुको हौसला त्यो दवाब भन्दा चौगुना ठुलो लाग्यो मलाई । ४ सदस्यमा ८ जनाको उम्मेद्बारी त्यसैमा एक्लो भिड्नुपर्ने त्यो पनि आफ्ना अग्रजका साथ बिना । पहाड थियो तर थकित थिइन । म आवद्ध सस्था प्रेस युनियन म विरुद्ध खनिदै गर्दा युनियनका ५/७ जना साथीहरुको निकट साथले मलाई पछाडी हट्नै दिएन । अरु संगठनका केही साथीको सद्भावले म आफू बिरुद्ध नै लड्ने शक्ति दियो । निर्वाचनको अघिल्लो दिन साझ कसैको दवाबमा “हाम्रा उम्मेदवार यी एक जना मात्र” भएकोले भन्दै ह्हिप जारी गर्दै निकालिएको बिज्ञप्तिले स्वतन्त्र मतलाई बाध्दै करकाप र डर देखाउदै संगठन नै जाइलाग्नु ठिक थियो कि थिएन । जस्ले जे सक्यो त्यही गर्यो होला । निर्वाचनमै गैसकेपछी युनियनले आफ्ना २ सदस्य जिताउन पनि सक्थ्यो तर कदापी पत्रकार महिलालाई हराउनु पर्छ भन्ने दम्भ थियो । संगठन र पार्टी नै खनिए अगाडि पत्रकारको के लाग्छ र?? तर म कत्तिपनी बिचलित भइन र छैन पनि ।
    तथापि निर्वाचन एक प्रक्रिया हो । मेरो जित नोमिनेशन गरे संगै भएको थियो । जब-जब दवाब दिइन्छ तब नाम थुत्न हुन्न भन्नेमा अडिक लाग्छ अनि नाम थुतिदैन त्यही बेला मेरो जित थियो । यी केटीहरुले……… भन्ने गतल सोचका विरुद्ध मेरो उम्मेद्बारी थियो । परिस्थिति एकैनासको हुन्न तथापि नाम नथुत्नु र चुनाबी मैदान सम्म होमिनु नै मेरो(हाम्रो) जित हो । अहिले कर्मथलोमा आउदा सुन्दैछु । जनप्रतिनिधि देखि नेता कहलाउनेहरु समेत हावा कुराका पछि लाग्दा टिठ लाग्छ । हुन त उहाँहरुलाई जे सुनाइयो त्यही भन्नु भो । “सीता एमालेलाई बोकेर चुनाब हारिन्” देखि “माओबादीले उठाएको होइछ” भन्नेहरुले आफुतिर हेरेकी नाइ?? माओबादी अध्यक्षलाई मेरै अगाडि फोन गरेर लाइन मिलाइन भन्न भ्याउने साथीहरु यो खबर सुने पछि आदरणीय जिल्ला अध्यक्ष ज्यु अचम्मित नहुनुहोला । अहिले नम्बर खोजेर सम्पर्क गरिन यो लेख पछि नम्बर मागेर पक्कै गर्छु भन्ने लाग्छ ।
    अझ पनि म र मलाई नजिकबाट साथ दिने साथी बिरुद्ध कारवाही हुनुपर्छ भन्ने माग कतिपयको छ । चुनाब चलिरहदा मैदानमा पनि बहस थियो अझ पनि नेतृत्वमा बहस छ । यसमा म बिचलित होइन उच्च मनस्थितीका साथ श्रमजिविले लेखेर बोलेर खाने हो यो पेसा प्रति कटिबद्ध छु । अरु सबै गौण लाग्छ।
    अन्त्यमा परिस्थिति जस्तो भएपनि प्रेस युनियनका ५/७ जना साथी बाहेक अरु प्रेस चौतारी, प्रेस संगठन, स्वतन्त्र साथीहरुको माया सद्भाव मात्र होइन आबश्यकता ठानेर महत्वपूर्ण मत दिनुभयो । जसले यस्तो कठिन परिस्थितिमा उभिदै गर्दा पनि जितेका उम्मेदवार भन्दा ११/१२ मतले मात्र पछाडी रहे । तर मेरो नोमिनेशन, उम्मेद्बारी र उम्मेद्बारी नथुत्नु नै मेरो जित हो । युनियनकर्मी अग्रजको साथ बिना चुनौती झेल्नु चानचुन होइन तर त्यो बाहेक बिकल्प थिएन । मत गणनामा धेरै साथीको मुटु कापेको सोधे बुझे तर मेरो पहिल्यैको जितले त्यो वातावरण मलाई रमाइलो लाग्यो । हुन त अरु म विरुद्ध खनिएर दिन रात कष्ट गर्न लागेपनि म कसै बिरुद्ध लाग्न नैतिकताले दिएन ।
    मत माग्न बरु सबै संग भ्याइन तथापि आफ्नो अधिकारलाई लडिरहे । पहिलो पटक पत्रकारको प्रत्यक्ष चुनाब, यो चुनाबी माहोलमा होमिएर धेरै कुरा सिकेको छु । एक्लै होमिदै गर्दा युनियनका नजिकबाट निरन्तर साथ र मत दिनुहुने साथीहरु अन्य संगठनका मेरो लागि पर्चा बनाएर पठाउने र मत दिनुहुने साथीहरु प्रति हृदयदेखिको साधुबाद तपाइको अमुल्य माया, साथ र मत मेरो कर्मशिलको एक इटा ठानेको छु ।
    नेपाल पत्रकार महासंघ पाल्पाको नेतृत्वमा बिजयी हुनुहुने आदरणीय रेखिराम राना ज्यु, उपाध्यक्ष द्वय, सचिब ज्यु सहित सम्पुर्ण साथीहरुलाई बधाई साथै सफल कार्यकालको शुभकामना….
  • ३० चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images