अक्सिमिटरको कालोबजारी गर्ने एक जना पक्राउ
  • SNN Nepal

  • सांकेतिक तस्बिर

    धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–९ बाट प्रहरीले अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनारायण शाह छन् । सिरहाको शुखिपुर नगरपालिका घर भएका बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनारायण शाहलाई पक्राउ गरेको हो ।

    १ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको सुराकको आधारमा शाहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीले सो स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरेको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images