नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान (भिडियोसहित)
  • SNN Nepal

  • काठमाडौँ । विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन् ।

    प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसमा समक्ष राखेको प्रसाव अस्वीकृत भएपछि संविधानअनुसार प्रधानमन्त्री पदबाट स्वतः पदमुक्त हुने भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा ९२ ० बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न तीन दलले आग्रह गरेका हुन् ।

    तीन दलका शिर्ष नेताहरुले विज्ञप्ति जारी गरेसँगै अब नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

    संसद भवनबाट बाहिरिने क्रममा नेता खाँणले भने,‘राष्ट्रपतिले धारा ७६ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्ने काम भएपछि वैकल्पिक सरकार गठनका लागि हामी पहल गर्छौँ । तीन दलको हाम्रो प्रयास हो ।’

    माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले समेत अब ७६ को उपदफा २ अनुसारको प्रक्रिया शुरु गर्नुपर्ने बताए । उनले भने,‘ नेपालको संविधानको धारा ७६ उपधारा १ अनुसारको सरकारले विश्वासको मत लिन असफल बनेको छ । अब ७६ को २ को प्रक्रियामा जानुपर्छ ।’

    त्यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले भने सरकार अब कामचलाउ मात्रै भएको भन्दै पदमुक्त भएको सरकारले कुनै पनि निर्णय गर्न नहुने बताए ।

    हेरौँ भिडियो

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images