फेरि ओली नै प्रधानमन्त्री हुने शंकर पोखरेलको दाबी
  • SNN Nepal

  • काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरिसकेका बेला एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने जिकिर गरेका छन् ।

    मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दाबी गरेका हुन् । ‘संसदले धारा ७६ ९२० को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ ९३० अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाध्यता छ’, पोखरेलले सोमबार राति भनेका छन् ।

    समयमै विपक्षी गठबन्धनले विकल्प दिन नसक्दा ठूलो दलको हैसियतले ओलीकै नेतृत्वको सरकार बनाउनुपर्ने बाध्यता रहने उनको भनाइ छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images