पाँच मिनेटको अन्तरमा दुई कोरोना संक्रमितको मृत्यु
  • SNN Nepal

  • सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पाँच मिनेटको अन्तरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    विराटनगर–१४ मोरङका ४८ वर्षीय पुरुष र कोशी गाउँपालिका–१ सुनसरीका ४३ वर्षीय पुरुषको मृत्यु भएको हो । दमबाट पीडित मोरङका पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरेर उपचार गर्दागर्दै राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    मोरङका पुरुषको मृत्यु भएको पाँच मिनेट पछि धरानका पुरुषको पनि मृत्यु भएको अस्पतालले जनाएको छ । धरानका पुरुषमा यही वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images