अक्सिजन नपाएर विजयनगरमा १ जना कोरोना सङ्क्रमितको मृत्यु
  • SNN Nepal

  • कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा मंगलवार अक्सिजन नपाएर १ जना कोरोना सङ्क्रमितको मृत्य भएको छ । विजयनगर आइसोलेशन सेन्टरमा अक्सिजनको अभावले वडा नं. ७ मानपुरकी ५५ वर्षीया महिलाको मृत्यु भएको विजयनगर स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

    स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीका अनुसार हिजो दिउँसो भर्ना भएकी आइसोलेशन सेन्टरमा उपचार गर्ने क्रममा अक्सिजनको अभावले महिलालाई साँस लिन गाह्रो भएपछि उनलाई हिजो राति कपिलवस्तु अस्पताल तौलिहवामा रिफर थियो ।

     

    त्यहाँ पनि अक्सिजनको अभावले उपचार सम्भव नभएपछि पुनः विजयनगरमा पठाएपछि विजयनगरका स्वास्थ्यकर्मीले सानो सिलिंडरले रातभरी राखियो । अक्सिजन सकिएपछी महिलाको मृत्यु भएको जनाइको छ । अक्सिजनको व्यवस्थापनका लागि सम्बन्धित निकायलाई स्वास्थ्य शाखा प्रमुख अधिकारीले अनुरोध गर्नु भएको छ ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images