लहानस्थित सिग्राही मटियर्वामा लुटपाट
  • SNN Nepal

  • सिरहा । सिरहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात÷आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ ।

    लुटेराहरू छत हुँदै घरमा प्रवेश गरेको र आफ्ना दुई छोराको कञ्चटमा पेस्तोल राखी दराजको साँचो खोसेर नगद रु ६ लाख र छोरी–बुहारीले लगाएको २ तोला जति सुन र २० तोला चाँदी लुटेर लगेको ठाकुरले जानकारी दिए । लुटेराले घरका सबै सदस्यको मोबाइल कब्जामा लिएका थिए । केही बोले मारिदिने धम्की दिएको ठाकुरले समयमा प्रहरीलाई खबर गर्न नसकिएको ठाकुरको भनाइ छ ।

    लुटेराहरू गइसकेपछि मात्रै घटनाबारे छिमेकी र प्रहरीलाई जानकारी गराएको उनले बताए । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा।तपनकुमार दाहालले जानकारी दिए । लुटपाटमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images