अक्सिजनको आपूर्ति सहज बनाउन माग
  • SNN Nepal

  • काठमाडौँ । मेडिसिटी अस्पतालले अक्सिजनको आपूर्ति सहज बनाउन माग गरेको छ ।

    अस्पतालले कोभिड तथा नन कोभिड दुवै बिरामीको उपचार गराइरहेको जानकारी गराउँदै अस्पताललाई चाहिने अक्सिजनको आपूर्ति सहज बनाउन माग गरेको हो ।

    अस्पतालमा अहिले १२० कोभिड तथा १०० जना नन कोभिडका बिरामी रहेको जनाउँदै प्रत्येक दिन ४५० देखि ५०० अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा सरकारले १०० सिलिन्डरमात्र भएकाले उपचारमा समस्या हुने जनाएको छ ।

    अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितीमा अस्पतालले कोभिड तथा नन् कोभिड बिरामीहरुको सुरक्षित तवरले उपचार गराईरहँदा हाल आएर अक्सिजनको चरम् अभाव महशुस गरिएको छ ।

    अहिले अस्पतालमा १०० जना भन्दा बढि नन् कोभिड बिरामीहरु त्था १२० जना भन्दा बढि कोभिडका बिरामीहरुको उपचार भइरहेकोमा ४० जना भन्दा बढि भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेको र यो संख्या देशभरकै अस्पतालहरु मध्ये ठूलो संख्यामा रहेको समेत जानकारी गराउँछौँ ।

    प्रत्येक दिन ४ सय पचास देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले सोका लागि सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायहरुसँग हार्दिक अपिल गर्दछौँ ।’

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images