उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, विकास निर्माणका काम पनि बन्द
  • SNN Nepal

  • काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ ।

    काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनुभयो ।

    बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताउनुभयो ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images