उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्न पाइने
  • SNN Nepal

  • काठमाडौँ । काठमाडौँ उपत्यकामा अब बिहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ ।

    काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images