दोहोरी च्याम्पियन रीता राउतलाई घरभाडा तिर्न नसकेर घरबेटीले निकालिदिए, रुँ’दै मिडियालाई बताइन्(भिडियो हेर्नुहोस्)
  • SNN Nepal

  • काठमाडौ । लोक दोहोरीमा च्याम्पियन रीता राउतले मिडिया सामु आफूलाई घरबेटीले ल’क’डा’उ’नको भाडा तिर्न नसक्दा निकालिदिएको कुरा मिडियालाई भावुक हुँदै बताएकी छन्।
    उनी दाङ जिल्लाको मुर्कुटी बङ्गलाचुली गाउँपालिका वडा नं। ५ पहाडी क्षेत्रमा पर्दछ र उनको बुबा पहिले देखि नै ढुङ्गा बोक्ने,अरुको घरमा काम गर्दै आइरहनुभएको छ।

    तीन वर्षदेखि काठमाडौमा आएर दोहोरी साँझमा गीत गाउँदै आएकी थिइन् र कहिले पनि प्रतिस्पर्धामा भाग नलिएकी रीताले दोहोरी च्याम्पियनमा भाग लिँदा आफू सक्दिन भन्ने लागेर निराश हुँदै आफूलाई कमजोर ठानेर रु’ए’की पनि थिइन् तर जजहरूको हौसला र सकारात्मक प्रतिक्रियाका कारण आफूलाई गाउन थप प्रेरणा मिलेको पनि उनले जानकारी दिइन्।

    उनको परीवार सामान्य रहेको र परीवारमा उनले मात्रै बल्लतल्ल कक्षा १० सम्मा पढ्न सकेको तर उनको दिदीहरूले पढ्दै नपढी बिहे भएको थियो।उनी कक्षा १० मा पुगेपछि उनका बुबाले उनलाई अब नपढ्नु बरु बहिनीलाई पढाउनुपर्छ भनेर सम्झाउनु भएको थियो तर उनलाई पढ्न को लागि अति नै इच्छा थियो।

    केही समयपछि उनी दाङ जिल्लाको सदरमुकाम घोराही आएर एउटा रेडियोमा काम गर्ने अवसर पाइन् र नजिकै पर्ने प्युठान जिल्लामा कक्षा ११ मा पढ्न थालिन्। उनको दाइहरू अहिले भारतमा कामको सिलसिलामा हुनुहुन्छ भने उनी चाहिँ आफू केही राम्रो गरेर बुबाआमालाई सुख दिन चाहन्छिन्।

    उनीसँग गरिएको कुराकानीको भिडियो सामाग्री तल दिइएको छ हेरेर कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ। धन्यवाद !

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images