चीनबाट आइपुग्यो भेन्टिलेटर र अक्सिजन सिलिन्डर
  • SNN Nepal

  • काठमाडौं । चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट आएको स्वास्थ्य सामग्रीमा अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायत छन् । चिनियाँ दूतावासले दिएको दिएको जानकारी अनुसार मंगलबार अपरान्ह नेपाल वायु सेवाको विमानले स्वास्थ्य सामग्रीहरु काठमाडौं ल्याइपुर्‍याएको हो ।

    चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर लगायत छन् । चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको दूतावासले जनाएको छ ।

    नेपालको वर्तमान महामारी गम्भीर रहेको भन्दै चीनले नेपाललाई आपतकालीन अनुदान सहयोग प्रदान गर्न समन्वय गरिरहेको चिनियाँ दूतावासले जनाएको छ । महामारी विरूद्ध नेपाली जनताको लडाइँलाई समर्थन गर्दै नेपाल सरकारको अनुरोध अनुरुप चीन सरकारले नेपाललाई आपतकालीन चिकित्सा सहयोग पु¥याउने निर्णय गरेको दूतावासले जनाएको छ ।

    गत अप्रिलमा सम्पन्न भिडियो सम्मेलनमा चीन, अफगानिस्तान, पाकिस्तान, नेपाल, श्रीलंका र बंगलादेशका परराष्ट्रमन्त्रीले कोभिडविरुद्धको लडाईमा सहयोगका बारेमा छलफल गरेका थिए । त्यहीबेला चीनले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि सामग्रीहरुको सहयोग गर्ने वचन दिएको दूतावासले स्पष्ट पारेको छ ।

    चीन सरकार नेपाली जनताका साथ दृढतापूर्वक खडा हुने बताउँदै नेपालमा विभिन्न च्यानलमार्फत चाँडोभन्दा चाँडो थप चिनियाँ सहयोग पु¥याइने नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार एक विज्ञप्तिमार्फत प्रतिवद्धता जनाएका छन् ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images