उपचार अभावमा संक्रमितको मृत्युपछि अस्पतालमा तोडफोड
  • SNN Nepal

  • काठमाडौ । उपचार अभावमा एक कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड भएको छ । मंगलबार जनकपुरधाम स्थित कोभिड अस्पतालमा आक्रोशित एक समूहले तोडफोड गरेको हो ।

    संक्रमितलाई भर्ना नगरेको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेको छ ।

    उक्त समुहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ । करिब आधा दर्जनको समुहमा रहेको सो समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रमोद कुमार यादवले बताए ।

    यता धनुषा प्रहरीले तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images