एमाले नेता चौलागाईंको अन्त्यष्टी
  • SNN Nepal

  • काठमाडौं । नेकपा एमालेका नेता एवं बागमति प्रदेशसका सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको सितापाईलास्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ नेता चौलागाईंको निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई आज बिहान अन्त्यष्टी गरिएको हो ।

    अन्त्यष्टीअघि अन्तिम श्रद्धाञ्जली अर्पणका लागि गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता कार्यकर्ताहरु उपस्थित हुनुु भएको थियो । यसअघि अस्पताल परिसरमा नेपाल सरकारका प्रवक्ताएवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले उहाँको पार्थिव सरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुु भएको थियो भने नेकपा एमालेका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको झण्डा ओढाएर सम्मान गर्नु भएको थियो ।

    नेता चौलागाईं दोलखा ख बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुुभएको थियो । पार्टीभित्र र बाहिर भद्र, शालिन र बौद्धिक व्यक्तित्वको रुपमा परिचित उहाँ संविधानसभा सदस्य हुनुु हुनुहुन्थ्यो । युवा संघ नेपालका पूर्व अध्यक्ष चौलागाईं दोलखाबाट प्रतिनिधिसभा सांसद समेत हुनु भएको थियो ।

    यसैबीच, दोलखा प्रतिनिधिसभाका सांसद समेत रहनुु भएका सञ्चारमन्त्री गुरुङले नेता चौलागाईंको निधनप्रति गहिरो दुस्ख व्यक्तगर्नु भएको छ । उहाँले दोलखाली जनताले आफ्नो प्यारो नेता गुमाएको, नेपालको कम्युनिष्ट आन्दोलन र आफूहरुले भद्र, शालिन, बौद्धिक अभिभावक गुमाउनु परेको उल्लेख गर्दै उहाँले देखाउनु भएको बाटोबाटै अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । स्वर्गीय नेता चौलागाईंका श्रीमति, छोरा र दुई छोरी रहेका छन ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images