बर्दियामा प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन गरेर वितरण
  • SNN Nepal

  • बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले २४ थान अक्सिजन सिलिन्डर संकलन गरेर वितरण गरेको छ । व्यक्ति, संस्था र उद्योगबाट संकलित अक्सिजन अस्पतालहरुलाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    संकलित अक्सिजन जिल्ला विपद व्यवस्थापन केन्द्र, माछागढ कोभिड अस्पताल, अस्थाई अस्पताल सानोश्री र आधारभूत नगर कोभिड अस्पताल ठाकुरबाबा लगायतमा वितरण गरिएको छ ।

    कोभिड–१९ संक्रमितको उपचारका लागी अक्सिजन अत्यावश्यक मानिन्छ । संकलन गरिएको मध्य ८ थान सिलिन्डर जिल्ला प्रहरी कार्यालयमा रहेको बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images