काठमाडौँ उपत्यकामा थपिए ३ हजार ९२४ कोरोना संक्रमित
  • SNN Nepal

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३ हजार २५०, भक्तपुरका २२६ र ललितपुरका ४४८ जना संक्रमित थपिएका हुन् ।

    यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ६०७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    आज मात्रै देशभर ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्‍यु भएको छ । त्यसैगरी ४ हजार ४४४ जना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images