निर्वाचन आयोगले दियो चुनाव चिन्ह : बादललाई सूर्य, देवकोटालाई कलम
  • SNN Nepal

  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आज बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ । राष्ट्रिय सभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशतर्फको रिक्त रहेको सदस्य पदमा जेठ ६ गते मतदान हुँदैछ ।

    निर्वाचनका लागि आयोगले एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा (बादल) लाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमालेकै माधव नेपाल समूहको सहयोग रहेको स्वतन्त्र उम्मेदवार देवकोटालाई कलम चिन्ह् प्रदान गरेको हो ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images