गादावरीमा कोरोना झन फैलिने डर : प्रधानमन्त्रीले कार्यकर्ता उतारेर गोदावरी सनराईज सम्मेलन केन्द्रको उद्घाटन गर्ने
  • SNN Nepal

  • गोदावरी सनराईज (सम्मेलन केन्द्र) को प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक भव्य कार्यक्रमका बिच उद्घाटन गर्ने भएका छन । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भनिएको उक्त सभाहलमा एमालेले व्यापक कार्यकर्ता उतार्ने तयारी गरेको छ । एमालेका स्थानीय कार्यकर्ताले भित्र भित्रै कार्यक्रममा उपस्थित हुनको लागि निमन्त्रणा पत्र बाडेका छन ।

    बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) का कारण यहि बैशाख १६ गते देखि जारी भएको निषेधाज्ञाको खिल्ली उठाउदै सक्ता र शक्तिको बलमा सभाहलमा मान्छे उतारेर ठुलो स्क्रिनमा देखाउन लागिएको श्रोतले बताएको छ ।  शहरी विकास मन्त्रालयको नाममा छापिएको निमन्त्रणा कार्डमा बैशाख ३१ गते बिहान  ११ बजे उपस्थित हुन आग्रह गरिएको छ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले हस्ताक्षर गरेको निमन्त्रणा कार्डलाई एमाले केपी ओली पक्षका कार्यकर्तालाई बाड्न खटाइएको बुझिएको छ ।

    जनता कोरोना संक्रमणका कारण उपचार नपाएर अस्पतालका सिढींहरुमा छटपटिएर मृत्युवरण गर्न बाध्य भएको बेला ओली सरकार निर्माण सम्पन्न नभएका योजनाहरुको उद्घाटन र बजेट बिनाका योजनाहरुको शिलान्यास गर्दे हिडिरहेका भन्दै सदनमा सरकारको व्यापक आलोचना भएको एक हप्ता बित्न नपाउदै ओलीले अर्को सम्पन्न नभएको योजनाको उद्घाटनको तयारी गरेका हुन ।

    गत २७ गते संसद बैठकमा प्रधानमन्त्री ओलीले कोभिड संक्रमणको लहर चलेर निषेधाज्ञा लगाएका बेला आफ्नै सरकारको आदेशको उल्लङ्घन गरेर रथ यात्रा जस्ता कार्यक्रम गरि कोरोना फैल्याएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगाएत अन्य दलका नेताहरुले आरोप लगाएका थिए ।

    गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले गोदावरी सनराईज (सम्मेलन केन्द्र) को उद्घाटन गर्ने भन्दा पनि त्यसलाई कोभिड उपचार केन्द्र बनाउनु पर्ने बताए । अहिले जनता कोरोना संक्रमण भई उपचार नपाएर छट्पटिएर बसेका बेलामा सम्मेलन केन्द्रको आवश्यकता नभएको सिल्वालको भनाई छ । उद्घाटन र समापनको नाममा मान्छे भेला गरि कार्यक्रम गर्दा कोरोना संक्रमण  फैलिएमा त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रवक्ता  सिल्वालले सरकारलाई प्रश्न गरेका छन । सिल्वाल कोरोना संक्रमण भई आइसोलेसनमा बसिरहेका छन ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images