दोलखाको गौरीशंकरले रच्यो नयाँ इतिहास, सगरमाथाको शिखरमा पुगे एकैघरका तीन दिदीबहिनी
  • SNN Nepal

  • काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका निवासी एकै परिवारका तीन दिदीबहिनीले सगरमाथाको सफल आरोहण गरेका छन् । गौरीशंकर गाउँपालिका–९ बेदीङका तीन दिदी–बहिनी निमा जाङ्बु शेर्पा ९वर्ष ३०० छिरिङ नाम्गे शेर्पा ९वर्ष २६० र दावा फुटी शेर्पा ९वर्ष २४० ले आज विहान ७ बजेतिर सगरमाथा चुचुरोमा पाइला टेक्नुभएको हो ।

    सगरमाथा आरोही तीन दिदी–बहिनीले तीन वर्षभित्र सात वटै महादेशका उच्च हिमाल चढेर विश्व रेकर्ड राख्ने उद्देश्य रहेको बताउनु भएको छ । यसैबीच, संचारमन्त्री पार्वत गुरुङले ती दिदीबहिनी आरोहीलाई बधाइ व्यक्त दिनुभएको छ । सोही गाउँपालिका निवासी र दोलखाका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले बैशाख २ गते मन्त्रालयमा आयोजित कार्यक्रममा तीन दिदीबहिनीलाई राष्ट्रिय झण्डा हस्तन्तारण गर्दै बिदाइ गर्नुभएको थियो । आज सफल आरोहन गरेलगत्तै मन्त्री गुरुङले बधाइ दिनुभएको हो ।

    आजै दोलखा सोही ठाउँका पेम्वा दोर्जे शेर्पाले २१ औं पटक सगरमाथाको आरोहण गर्न सफल हुनुभएको छ । पेम्बा पनि आज बिहान ७ बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । ड्रिमर्स डिष्टिनेशन ट्रेक एण्ड एक्सपेडिसनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाउँ’ भन्ने सन्देशका साथ २१ औं पटक सगरमाथा आरोहन गर्नुभएको हो ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images