चन्द्रागिरि नगरपालिका पूर्ण लकडाउनमा जाँदै, हिँडडुल गर्न समेत रोक
  • SNN Nepal

  • काठमाडौ । चन्द्रागिरि नगरपालिकालाई आगामी जेठ८ १ गते पूर्णरुपमा लकडाउन गरिने भएको छ । नगरपालिकाका नगर प्रमुखको अध्यक्षता बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा बन्द गरी सिल गर्ने निर्णय गरेको हो ।

    यस अवधिभर घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अन्य सेवा र पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । चिनियाँ खोपको दोस्रो मात्रा लगाउनका लागि भने मानिसहरुले पहिलो पटक लगाएको खोपको कार्डका साथ तोकिएको मितिमा खोप केन्द्रसम्म भने यात्रा गर्न पाउनेछन् ।

     

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images