कोरोनाबाट रेडियोका स्टेशन म्यानेजर चौधरीको मृत्यु
  • SNN Nepal

  • रौतहट । रेडियो मधेस मसला गरुडाका स्टेसन म्यानेजर मनोज कुमार चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गरुडा नगरपालिका घर भएका पत्रकार चौधरीको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

    घरमै रहेका बेला कोरोना संक्रमित भएका ४० वर्षीय चौधरी पछिल्लो २ सातादेखि नारायणी अस्पताल वीरगञ्जमा उपचाररत रहेका थिए । कोरोना संक्रमणका कारण मंगलबार मात्रै प्रेस युनियनका कोषाध्यक्ष रामादेवी यादवको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images