रोनाल्डोको कीर्तिमानमा युभेन्ट्सको सहज जित
  • SNN Nepal

  • काठमाडौँ । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए फुटबलमा नयाँ रेकर्ड बनाएको खेलमा सासुओलोविरुद्ध युभेन्ट्सले सहज जित हात पारेको छ ।

    बुधबार राति भएको खेलमा सासुओलोलाई तीन शुन्यले हराउने क्रममा रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन् ।

    रोनाल्डोले युभेन्टसका लागि कम खेलमा एक सय गोल पूरा गर्ने रेकर्ड बनाएका हुन् । युभेन्ट्सका लागि अरू दुई गोल राबियोट र पाउलो डिबालाले गरे । सासुओलोका लागि रास्पदोरीले एक गोल फर्काए ।

    रोनाल्डोले एक सय ३१औँ खेलमा एक सय गोल पूरा गरेका छन । युभेन्टसमा अनुबन्ध भएको तीन सिजनमा नै उनले गोलको शतक पुरा गरे ।

    यसअघि युभेन्टसका लागि दुई खेलाडीले एक सय गोल पुरा गरेका थिए । जसमा ओमार सिभोरी र रोबेर्टो बाजियो थिए । उनीहरुले पाँच सिजनमा एक सय गोल पुरा गरेका थिए ।

    यसका साथै रोनाल्डोले तीन फरक क्लव र राष्ट्रिय टिमबाट एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले खेलका म्यानचेस्टर युनाइटेड, रियल मड्रिडबाट पनि गोलको शतक बनाएका थिए ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images