नेपालमा थप ८ हजार ९६० जनामा कोरोना संक्रमण
  • SNN Nepal

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ४७४ जनाको पीसीआर परीक्षण र ७७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images