काठमाडौँ उपत्यकामा थपिए ३ हजार ५६२ कोरोना संक्रमित
  • SNN Nepal

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा गरी कुल ३ हजार ५६२ जना थपिएको जानकारी दिएका हुन् ।

    यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ९२४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images