नेपालमा थप २१४ जना कोरोना संक्रमितको मृत्यु
  • SNN Nepal

  • काठमाडौँ । नेपालमा थप २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

    उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

    योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images