चितवनमा निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याउन सिफारिस
  • SNN Nepal

  • चितवन । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चितवनमा निषेधाज्ञा लम्ब्याइने भएको छ । कोरोना संक्रमितको दर नघटेपछि निषेधाज्ञा लम्ब्याइने भएको हो ।

    पहिलो चरणको निषेधाज्ञा भोलि वैशाख ३१ गते सकिदैँ छ।

    जिल्लास्थित सरोकारवालाहरुको बैठकले निषेधाज्ञा थप्न जिल्ला प्रशासनलाई सिफारिस गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको जानकारी दिए।

    सिफारिस अनुसार निर्णय गर्ने प्रशासनले जनाएको छ।

    अबको निषेधाज्ञा थप कडाइ हुने उनको भनाइ छ। पसलहरु पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिन लागिएको छ।

    जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरु, सुरक्षाकर्मी लगायतको बैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images