गुल्मीमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि,३ जनाको मृत्यु
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।भने ३ जनाको मृत्यु भएको छ ।

    जिल्लाको रेसुंङगा नगरपालिकामा २७,रुरु गाउँपालिकामा १५,छत्रकोट गाउँपालिकामा१३,धुर्कोट गाउँपालिकामा ३,मालिका गाउँपालिकामा १,इस्मा गाउँपालिकामा १,गुल्मी गाउँपालिकामा ६,सत्यवति गाउँपालिकामा १ जना गरि ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनु भएको छ।

    गुल्मीमा सकृय संक्रमितको संख्या ७०९ रहेका छन्।जसमध्ये ६६० जना होम आइसोलेशन ४५ जनाको हस्पिटलको आइसोलेशन र ४ जना आइसियु मा उपचार भै रहेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ। यो सगै गुल्मीमा दोस्रो कोरोना लहरका कारण ज्यान गुमाउने को सख्या ३४ पुगेको छ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images