कांग्रेस बैठकमा देउवाले भने: बहुमत नपुग्ने भो, महन्थले मानेनन्
  • SNN Nepal

  • काठमाडौं । वैकल्पिक सरकारको नेतृत्व गर्न अग्रसर भएका कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत नपुग्ने निष्कर्ष सुनाएका छन् ।

    पदाधिकारी बैठकमा देउवाले महन्थ ठाकुरले समर्थन नगर्ने भनेको र माधव नेपाल पक्षले पनि राजीनामा नदिएको भन्दै बहुमत दावी गर्ने अवस्थाा नरहेको बताएका हुन् ।

    एस एन एन नेपालसँग कुरा गर्दै कांग्रेस नेता कृष्ण सिटौलाले भने, ‘महन्थजीले समर्थन दिन सक्दिन भनेको देउवाजीले जानकारी दिनुभयो । बहुमत पुर्‍याउन गार्‍हो पर्ने देखिएको छ । अब ओलीजीले नै सपथ लिने भन्ने सुन्दैछु । हेरौं कुन धारा अनुसार सपथ लिन्छन् । बाँकी कुरा त्यसपछि थाहा होला ।’

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images