माओवादीले प्रदेश २ मा कादरीलाई बनायो साँसद
  • SNN Nepal

  • जनकपुरधाम । नेकपा माओवादी केन्द्रले नेतृ पशमीना कादरीलाई प्रदेश २ को साँसद बनाएको छ । उनी वीरगञ्ज महानगरपालिका १२ की हुन् ।

     

    नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेश साँसदहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समिरलाई माओवादी केन्द्रले पदमुक्त गरेको थियो ।

    मोहम्मद समिर समानुपातिक साँसद थिए । सो पद खाली भएपछि कादरीलाई पार्टी निर्वाचित गराएको छ ।

    कादरीलाई वैशाख २९ मै निर्वाचन आयोगले प्रमाण(पत्र दिइसकेको छ । उनलाई आज प्रदेश २ का सभामुख सरोज कुमार यादवले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images