प्रधानमन्त्री ओलीलाई बामदेवको बधाई
  • SNN Nepal

  • काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी शुभकामना दिनुभएको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुनुभएकोमा गौतमले बधाई पनि दिनुभएको छ ।

    ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरू अध्यक्ष क। के।पी शर्मा ओली र पार्टीका पूर्वमहासचिव क। माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ, यो नेकपा ९एमाले० का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क। के।पी। शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु,’ नेता गौतमले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images