टुंगियो मन्त्रीहरुको नाम, यस्तो छ कार्यबिभाजन
  • SNN Nepal

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रीहरुलाई नियुक्त गर्ने निर्णय लिनुभएको छ । जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने जनाउँदै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा यसअघिकै मन्त्रीहरुलाई समावेश गर्ने निर्णय लिनुभएको हो ।

    शपथग्रहणका लागि प्रधानमन्त्री ओली शीतलनिवास पुगिसक्नु भएको छ । यस्तै यसअघिका मन्त्रीहरु पनि सवै शीतलनिवास पुग्नुभएको छ । शपथका लागि प्रधानमन्त्रीले बोलाउनु भएकोले आफू शीतलनिवास आइपुगेको र सवै मन्त्रीहरु शपथको तयारीमा रहेको ओली नेतृत्वको सरकारमा सहभागी हुनुभएका एक मन्त्रीले  बताउनु भयो ।

    ‘अब बजेटको तयारी भइरहेको र जसपाको सरकारमा आउने बारे छलफल चलिरहेकाले तत्काल पहिलेकै टिमलाई निरन्तरता दिने कुरा गर्नुभएको छ, प्रधानमन्त्रीसँग भेटपछि एमाले स्थायी कमिटीका एक नेताले भने । प्रधानमन्त्री ओलीले केहीबाहेक अधिकांशलाई पुुरानै जिम्मेवारी दिने गरी कार्यबिभाजन गर्नुभएको बालुवाटार स्रोतले बतायो । जसपा अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोले तत्काल सरकारमा जानुअघि मधेशका अरु मुद्दा पनि सम्बोधन हुँदा आफूहरुलाई सजिलो हुने बताएकाले कम्तीमा एक महिना मन्त्रिपरिषद् पुनर्गठन नहुने देखिएको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images