‘कोरोना जित्छु भन्ने विश्वास छ’ : मदनकृष्ण श्रेष्ठ
  • SNN Nepal

  • काठमाडौं । लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार परेको आफ्नो जन्मदिन मेडिसिटी अस्पतालमै मनाएका छन् । केही समयदेखि उक्त अस्पतालमा कोरोनाको उपचार गराइरहेका श्रेष्ठले जन्मदिन सिमित आफन्त र स्वास्थ्यकर्मीको उपस्थितिमा सेलिब्रेसन गरेका हुन् ।

    उनको जन्मदिन मनाउन छोरी सरितासहित परिवारका केही सदस्य अस्पताल पुगेका थिए । तिथिअनुसार मदनकृष्णले अक्षय तृतीयाको दिन परेर जन्मदिन मनाएका हुन् । छोरी सरिनाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै श्रेष्ठको स्वस्थ्यमा सुधार आएको र जन्मदिन मनाएको सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्– ‘ड्याडीको स्वास्थ्यमा सुधार आएको छ । हामीलाई देखेपछि हाम्रो मन राख्न अझै फूर्ति पनि बढाउनुभयो ।’

    श्रेष्ठले आफुलाई कोरोना निको हुने विश्वास समेत व्यक्त गरेका श्रेष्ठ भिडियो भने–‘आजबाट कुलङ्गार कोरोना मर्यो ।’ कोरोनालाई जित्न निकै गाहे रहेको बताएका श्रेष्ठले अगाडि थपे–‘कोरोनाले मानिसलाई असाध्यै रुवायो । अब भने देशमा शान्ति होस् ।’

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images