प्रचण्डतिर लाग्दा पार्टीभित्रै एक्लिए उपेन्द्र, बहुमत सांसदले छाने राजेन्द्र महतोलाई संसदीय दलको नेता
  • SNN Nepal

  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको मिसनतिर लाग्दा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ठूलो क्षती बेहोर्नु परेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर कम्फर्टेवल सरकार निर्माण गर्ने भन्दै प्रचण्डतिर बिलय हुन थालेपछि जसपाका बहुमत सांसद उपेन्द्रको बिपक्षमा खडा भई उहाँलाई ठूलो क्षती पुगेको हो । सरकार गठनमा दुई कित्तामा बिभाजित भएपछि अध्यक्ष महन्थ ठाकुरसहितका जसपाका बहुमत सांसदहरुले बरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलका नेता चयन गरेका छन ।

    सांसद उमाशंकर अगरियाका अनुसार बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरिएको हो । ‘२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं, पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं,’ अगरियाले भन्नुभयो । महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई नेता छानिएको हो । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादवको समुहलाई बाइपास गरिएको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images