वीर अस्पतालमा १७० बेड तयार, अक्सिजन नहुँदा उपचारै भएन
  • SNN Nepal

  • काठमाडौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सुविधासम्पन्न र आकर्षक भवन हालसालै निर्माण सम्पन्न भएको हो । नयाँ भवनको ५ तल्लासम्म बिरामी राखेर उपचार गराउन सकिन्छ र बिरामीको अत्याधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामी राखेर उपचार गर्न सकिन्छ ।

    भवन बने पनि सञ्चालनमा आइनसकेको यो भवनमा सरकारले कोभिडबाट संक्रमित बिरामीको उपचार गर्ने घोषणा गर्यो । नयाँ अस्पतालमा दिन र रात गरेर बिरामीका लागि आवश्यक अक्सिजन सप्लाई गर्न मिल्ने पाइपसहितको जडान भइसक्यो । अस्पतालले १ सय ७० बेड तयार पनि गरिसकेको छ ।

     

    दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिएको भए पनि सञ्चालनमा भने अझै आउन सकेको छैन । कारण अस्पताललाई आवश्यक अक्सिजन नै छैन ।

    वीर अस्पतालकी निर्देशक डाक्टर शान्ता सापकोटा यदि अक्सिजनको सुनिश्चितता हुने भए तत्कालै १ सय ७० बेड सञ्चालनमा ल्याउन सकिने बताउँछिन् । उनले भनिन्, ‘हामीले बेड तयार गरिसकेका छौँ । अक्सिजन पाइप फिटिङ भइसकेको छ । अब बाँकी भनेको अक्सिजनको व्यवस्था मात्रै हो । यदि त्यो व्यवस्था गर्न सकेको अवस्थामा हामी तत्कालै सर्जिकल बिल्डिङ पनि सञ्चालनमा ल्याउन सक्छौँ ।’

    वीर अस्पतालकै छातीरोग विशेषज्ञ तथा सर्जिकल बिल्डिङका क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रज्वल श्रेष्ठ अक्सिजनको व्यवस्था हुनेबित्तिकै १७० बेड सञ्चालनमा ल्याउन सकिने बताउँछन् ।

     

    शुक्रबार रातोपाटीको टोली सर्जिकल बिल्डिङ ९नयाँ भवन० मा पुग्दा डा। प्रज्वल आफ्ना टिमसहित उक्त भवनको व्यवस्थापनमा खटिएका थिए । पहिलो तल्ला र दोस्रो तल्लामा बेड तयार भइसकेको छ, बेडसिट र ओड्ने कम्बल पनि तयार भइसकेको छ । बेडमाथि अक्सिजन र भ्याकुम सक्सनका लागि पाइप पनि जडान भइसकेको छ । हिजो मात्रै कहीँ अक्सिजन लिग पो छ कि भनेर चेक पनि भइसकेको छ र सबै कुरा ठीकठाक भएर बसेको छ ।

    भित्रपट्टि आइसियुका लागि ९ वटा बेड पनि तयार हुनै लागेका छन् । त्यहाँ भेन्टिलेटर मात्रै जोड्न बाँकी छ । वीर अस्पतालको इमर्जेन्सी र वार्डमा पनि कोभिडका टन्नै बिरामी छन् र भर्ना नपाएर बसेका बिरामीको सङ्ख्या पनि उस्तै छ ।

    यही भवनमा बिरामी भर्ना गरेर उपचार गर्ने भन्दै केही दिनअघि मात्रै वीर अस्पतालले स्टाफ नर्स र डाक्टरको माग गरेको सूचना प्रकाशन गरेको थियो । र, धेरैले जागिरका लागि फारम भरेर उनीहरु अन्तिम छनोटका क्रममा छन् ।

     

    भवनको अण्डरग्राउण्डमा अक्सिजन आपूर्तिका लागि २० वटा अक्सिजन म्यानीफोल्ड पनि तयार भइसकेको छ । तत्कालका लागि २० वटा म्यानिफोल्ड बनाएर अक्सिजनको आपूर्ति गर्ने तयारी गरिएको छ । र, आवश्यकता अनुसार म्यानिफोल्ड अझै थप गर्न सकिने अवस्था पनि छ । तर यो म्यानिफोल्डमा परीक्षणका लागि राखिएको एउटा सिलिन्डर मात्रै छ ।

    सर्जिकल बिल्डिङका क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रज्वल श्रेष्ठका अनुसार पहिलो चरणमा पहिलो तल्लामा रहेको ८५ वटा बेड सञ्चालनमा ल्याइहाल्ने गरी काम भइरहेको छ । पहिलो तल्लामा रहेको ८५ बेड सञ्चालन गर्नका लागि पनि दैनिक ८० देखि १ सय सिलिन्डर अक्सिजन चाहिन्छ । यदि तत्कालै १ सय ७० बेड सञ्चालनमा ल्याउने हो भने दैनिक २ सय सिलिन्डर अक्सिजनको आवश्यकता पर्छ ।

    डा। श्रेष्ठका अनुसार यी सबै बेडहरु एचडियु युनिट ९हाई डिपेन्डेन्सी युनिट० हुन्, जहाँ रहेका हरेक बिरामीलाई अक्सिजनको व्यवस्था गर्न सकिन्छ । यी सबै बेडमा रहेका बिरामीलाई अक्सिजन र भ्याकुम सक्सनको व्यवस्था गरिएको छ ।

    एचडियू युनिट आइसीयूजत्तिकै उपयोगी छ । यद्यपि भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई भने भने यहाँ राख्न सकिँदैन । अक्सिजनको आवश्यकता पर्ने तर अक्सिजनको मात्रा कम भएपनि हुने बिरामीका लागि यो वार्ड र बेड प्रयोग गर्न सकिन्छ । यद्यपि प्रत्येक तल्लामा ९ वटा भेन्टिलेटरसहितको आइसियु बेड पनि तयार भइरहेको छ ।

    यदि अक्सिजनको पूर्ण व्यवस्था हुन सकेको अवस्थामा वीर अस्पतालको सर्जिकल भवनमा कम्तिमा पनि ५ सय कोभिडका बिरामी राख्न सकिन्छ । तर, ५ सय बिरामी राखेर उपचार गर्नका लागि दैनिक करिब ७ सय सिलिन्डर अक्सिजनको आवश्यकता पर्छ । अक्सिजनको आवश्यकता पर्ने बिरामीका लागि मात्रै भर्ना गरिने भएकाले सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले पूर्ण क्षमतामा नयाँ भवन सञ्चालन गर्दा दैनिक ७ सय सिलिन्डरको हाराहारीमा अक्सिजन चाहिने डा। प्रज्वलको भनाई छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images