१३ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दुई पुरुष पक्राउ
  • SNN Nepal

  • सांकेतिक तस्बिर

    पाल्पा । पाल्पामा १३ बर्षीया किशोरी बलात्कार आरोपमा दुई जना पुरुष पक्राउ परेका छन् ।

    जिल्लाको तिनाउँ गाउँपालिका बस्ने १३ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा सोही स्थानका ४४ बर्षीय पूर्णचन्द्र बहादुर बस्नेत र ४३ बर्षीय चन्द्रबहादुर बिक पक्राउ परेका हुन् ।

    बैशाख ३० गते जबरजस्ती करणी गरेको जाहेरी आएकोले दुबै जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images