पलको शाह आक्रोशः ‘वाह ! सरकार, तिम्रो नियत’
  • SNN Nepal

  • काठमाडौं । पछिल्लो समय अभिनेता पल शाह कोभिड महामारीको समयमा आफ्नो समूहमार्फत अक्सिजन सिलिण्डर खोजी गर्दै अस्पतालमा सहयोग अभियानमा जुटिरहेका छन् ।

    पर्यटन मन्त्री भानुभक्त ढकालले कोरोनाका कारण निधन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेपछि पलले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

    उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको र सरकारले ४ सय रुपैयाँको अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै रिस पोखेका हुन् ।

    उनले फेसबुकमा ‘सरकारले ४ सय रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो लाश जलाउनको लागि १ हजार रुपैयाँ थप भत्ता दिनेछु‘ ११ वाह सरकार तिम्रो नियत !!’ भनी लेखेका छन् ।

    पल र उनको टिमले बाराको जितपुर पुगेर अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ । उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफन्तप्रति धैर्यधारणको कामना गरेका छन् ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images