गुल्मीमा शनिबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
    जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ११२८पुगेको छ।त्यसै,गरि गुल्मीमा कोरोना जितेर घर फर्केने को संख्या १९० रहेको छ।

    गुल्मीमा सकृय संक्रमितको संख्या ९०१ रहेको स्वास्थ्य कार्यालय गुल्मीका सि।आई।सि।टि अफिसर सुजन ढकालले जानकारी दिनुभयो।

    जसमध्ये ८४४जना होम आइसोलेशन र ६१ जना आइसोलेसनमा,५ जना आइसियुमा र १ जनाको भेन्टिलेटरमा उपचार भै रहेको छ।दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ३७ पुगि सकेको छ।

    गुल्मीमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ ४ गते राति १२ बजे सम्म निषेधाज्ञा गरिएको छ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images