दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
  • SNN Nepal

  • दाङ । तुलसीपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

    आज बिहान तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    नवनिर्मित आफ्नै घरमा पानी चार्नका लागि फलामको भर्याङ लैजाने क्रममा थ्रिफेज लाइनमा छुइँदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images