शिखरमा नपुग्दै फर्काइए सगरमाथा आरोही, चीनद्वारा आरोहण स्थगित
  • SNN Nepal

  • काठमाडौं । नेपालको तर्फबाट कोरोनाभाइरस संक्रमण फैलने सक्ने बताउँदै चीनले सगरमाथा आरोहण स्थगित गरेको जनाएको छ ।

    सिन्ह्वा न्यूज एजेन्सीका अनुसार त्यहाँको खेलकुद प्रशासनले आरोहण स्थगित गरेको पुष्टि गरेको हो ।

    नेपालको मोहडाबाट हुनसक्ने भाइरस संक्रमणबाट सतर्क हुन चीनले उक्त निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख छ । उक्त प्रशासनले नेपालमा बढेको भाइरस संक्रमण र मृत्युदरलाई मध्यनजर गरेर उक्त निर्णय लिइएको जनाएको छ ।

    चीनले ३८ जना चिनियाँ आरोहीलाई यो सिजनमा सगरमाथा आरोहणको अनुमति दिएको थियो । तर, नेपालले भने ४०८ जना आरोहीलाई अनुमति दिएको थियो ।

    चीनले आरोहण स्थगित गर्ने निर्णय गरेपछि ती सबै चिनियाँ आरोही बीचबाटै फर्किएको जनाइएको छ । चीनले भाइरस संक्रमणकै कारण विदेशी आरोहीलाई अनुमति दिएको थियो । उसले गतवर्ष पनि महामारीको कारण आरोहण बन्द गरेको थियो ।

    चीनले गतसाता सगरमाथाको चुचुरोमा सीमा विभाजनको रेखा कोर्ने जनाएको थियो ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images