कामको पैसा नदिएको झोँकमा छुरा प्रहार गरेर हत्या
  • SNN Nepal

  • मोरङ । मोरङको लेटाङमा छुरा प्रहार गरेर शुक्रबार राति एक युवाको हत्या गरिएको छ । आपसी विवादका क्रममा दुई जना युवाले छुरा प्रहार गर्दा लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राति ८ः४५ बजेतिर उनीमाथि छुरा प्रहार गरेका हुन् ।

    लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको थियो । विवादकै क्रममा दुई जनाले छुरा प्रहार गी घाइते भएका राईको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा राति १०ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

    छुरा प्रहार गरी फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्या गरिएका राई लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे ।

    ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवासमेतका निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images